
काठमाडौँ, ७ जेठ । ३८ क्विन्टल तस्करीको सुन र सनम शाक्य हत्याका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरे पक्राउ परेका छन् । उनलाई गृहमन्त्रालयले गठन गरेको छानविन विशेष समितिले मंगलबार पत्रकार सम्मेलन गरि गृह मन्त्रालयमा सार्वजनिक गरेको छ ।
छानविन समितिका संयोजक इश्वरराज पौडेलका अनुसार मंगलबार विहान ५ः३४ मा गोरेलाई काठमाडौं–८ गौरीघाटबाट पक्राउ गरिएको हो ।
सुनकाण्डमा अनुसार ६५ जना अभियुक्तमा ३२ जना फरार छन् । अन्यमाथि थुनछेक बहस जारी छ ।
तस्करी गरी ल्याएको साढे ३३ किलो सुन हराएपछि हत्या गरिएका सनम शाक्यको शव लुकाउन नसकेपछि यो प्रकरण बाहिर आएको थियो । छानविन समितिको सक्रियतामा सन् २०१५ देखि विमानस्थलमा भएको ३८ क्विन्टल सुन तस्करीमा गोरेलगायतको संलग्नता पुष्टि भई अभियोगपत्र जिल्ला अदालत मोरङमा दर्ता छ ।
पत्रकार सम्मेलनमा यस्तो देखिएका थिए गोरे । हेर्नुहोस् भिडियो













प्रतिक्रिया