१ कार्तिक २०८३, शनिबार

पार्टी एकताको खुसीमा कोरियामा दीपावली

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राजुसन्तोषी थापा

सिओल । एमाले र माओवादी केन्द्र एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी बनेको खुसीयालीमा दक्षिण कोरियाको सौलस्थित नेपाल हाउसमा दीपावली कार्यक्रम सम्पन्न गरिएको छ ।

दिपावलीमा प्रयोग गरिएको प्रज्वलित दियोहरूबाट सूर्य चिन्ह र नेकपाको हसिया हथौडाको आकृति बनाइएको थियो ।

मे २० तारिख आइतबार साँझ सम्पन्न कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी जिन्दाबाद भन्ने नारा गुन्जायमान भएको थियो ।

कार्यक्रममा भातृ संगठनहरू जनप्रगतिशील मन्च र प्रबासी मन्चका सदस्यहरू सहभागी भएका थिए ।

अध्यक्षद्वय परशुराम सापकोटा र खगेन्द्र बुढा मगरले दुबै पार्टीले गरेको एकता सम्बन्धी ऐतिहासिक निर्णयले कम्युनिस्टहरूमा उत्साह जगाएको बताएका थिए ।