वीरेन्द्रनगर, १७ पुस । नेपाल परिवार नियोजन सुर्खेतमा यस आवमा ३ सय ४१ महिलाको सुरक्षित गर्भपतन गरिएको तथ्याङ्कले देखाएको छ ।
कार्यालयका वरिष्ठ शाखा प्रबन्धक हरि विष्टले विगतको तुलनामा सुरक्षित रुपमा गर्भपतन गराउनेको सङ्ख्यामा वृद्धि हुँदै गएको बताए ।
उनका अनुसार परिवार नियोजनका साधन वितरणमा पनि वृद्धि भएको छ । सन् २०१४ को अन्त्यसम्ममा कण्डम ९७ हजार ६०० वटा, पिल्स छ हजार ६६५ साइकल, डिपो छ हजार ५९५ भाइल वितरण भएको थियो ।
यसैगरी २०७ जना महिलाले पनि कपर्डी सेवा लिएका थिए ।
प्रबन्धक विष्टले आगामी दिनमा पनि स्वास्थ्य सेवा प्रभावकारी बनाउन सन् २०१५ मा लागू हुने गरी सिफो नामक नयाँ कार्यक्रम ल्याउन लागेको जानकारी दिए ।















प्रतिक्रिया