१ कार्तिक २०८३, शनिबार

एसएलसी अभ्यास परीक्षाको नाममा चर्को शुल्क लिदै विद्यालयहरू

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Studentकाठमाडौं, १७ पुस । सरकारले टेस्ट (सेन्ट अप) परीक्षा खारेज गरे पनि निजी तथा सामुदायिक विद्यालयहरूले लिने तयारी गरेका छन्। आगामी एसएलसी अभ्यास परीक्षाका नाममा अभिभावकसँग चर्को शुल्क असुल गरी परीक्षा लिने तयारी गरेको छ। गत वर्षदेखि टेस्ट परीक्षा खारेज गरिए पनि निजी तथा सामुदायिक विद्यालयले माघमा परीक्षा गराउन लागेका हुन्। शिक्षा ऐनमा कक्षा १० मा कम्तिमा ७५ प्रतिशत हाजिर भइ नियमित रूपमा अध्ययन गरेको विद्यार्थी मात्र माध्यमिक शिक्षा परीक्षामा सहभागी हुन पाउने व्यवस्था रहेको समाचार आजको कारोवार दैनिकले छापेको छ। तर, विद्यालयले आगामी माघ ४ गते एसएलसी अभ्यास परीक्षा लिने तयारी गरेका छन्।