
काठमाडौं, ४ जेठ । ३८ क्विन्टल तस्करीको सुनकाण्डका मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेती गोरेले यातना दिएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।
सनम शाक्यलगायत अन्य दुईजना भरियालाई जंगलमा यातना दिँदै गोरेले ‘मैले तिमीहरूलाई जब दिएको कुनै कुरामा नाइनास्ती थिएन नि, अब यो स्वीकार’ लिक भएको भिडियोमा भनिरहेका छन् ।
भिडियो यहाँ हेर्नुहोस्
https://www.facebook.com/mangalbare.page/videos/624515274595583/
अश्लील गाली गर्दै गोरेले पालैपालो भरियाहरूलाई यातना दिएको अहिले युट्युवमा पनि सार्वजनिक भइसकेको छ । जंगल र होटेलमा यातना दिइएको भिडियो छ । उसले जंगलमा कुखुराको मासु र रक्सी खुवाएर यातना दिएको थियो । अनुसन्धानका क्रममा मोवाइलबाट खिचिएको भिडियो सार्वजनिक भएको हो ।
यसैबीच, साढे ३३ किलो तस्करीको सुन लुट्नका लागि राप्रपा नेता भुजुङ गुरुङले युवा परिचालन गरेको बयानहरूमा उल्लेख भएपछि गृह मन्त्रालयको छानविन समितिले अनुसन्धान अर्को पाटोबाट पनि सुरु गरेको छ ।
भारतीय नागरिक मोहनकुमार अग्रवाल (एमके) मालिक भएको उक्त परिमाणको सुन लुट्नका लागि गुरूङले विभिन्न रेस्टुरेन्टमा काम गर्ने बाउन्सरको प्रयोग गरेको बताइएको छ ।
विमानस्थलमा ट्यांक्रमा ठोक्किएर आत्महत्या गरेका सानु वनसँगै सुन गायब भएको छ । सुनको खोजीका लागि प्रहरी सक्रिय छ ।















प्रतिक्रिया