२२ कार्तिक २०८३, आइतबार

ट्रयाक्टरको ठक्करबाट पैदल यात्रीको मृत्यु

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, ४ जेठ । ट्रयाक्टरले ठक्कर दिँदा पैदल हिँडिरहेका एकजना वृद्धको मृत्यु भएको छ ।

सुर्खेतको विरेन्द्रनगर नगरपालिका–१० नारायण पेट्रोलपम्प अगाडि पैदल हिँडिरहेका बेला ट्रयाक्टरले ठक्कर दिँदा तातोपानी गाउँपालिका–४ जुम्ला बस्ने ६२ वर्षीय मनशा पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामप्रसाद चौधरीले बताउनुभयो ।

सुर्खेतको झुप्राबाट वीरेन्द्रनगरतर्फ आइरहेको भे १ त ६८६७ नंको ट्रयाक्टरले साइडमा हिँडिरहेका बेला ठक्कर दिँदा पाण्डेको मृत्यु भएको प्रवक्ता चौधरीले जानकारी दिनुभयो । ट्रयाक्टर चालक प्रेमराज घर्तीलाई अनुसन्धानका लागि पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो । –रासस