काठमाडौं, ४ जेठ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बंैकासुरेन्स सम्झौता भएको छ ।
सम्झौतामा विहीबार नेपाल क्रेडिट एण्ड कमर्स बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले हस्ताक्षर गरेका हुन् ।
सम्झौताअन्र्तगत एनसीसी बैँकका सम्पूर्ण ग्राहकहरुले बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा एभरेष्ट इन्स्योरेन्सबाट प्राप्त गर्न सक्नेछन् ।
उत्कृष्ट सेवा सहित सरल, सुलभ तरिकाले एभरेष्ट इन्स्योरेन्स कम्पनीका विभिन्न निर्जिवन बीमालेखहरु एनसीसी बैंकका सम्पूर्ण शाखाहरूमार्फत उपलब्ध हुनेछ ।















प्रतिक्रिया