५ कार्तिक २०८३, बिहिबार

बैँक नभएका २७ स्थानीय निकायमा एनआईसी एशिया बैंकद्वारा शाखा विस्तार

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ जेठ । राज्यको पुर्नसंरचनासँगै सम्पुर्ण स्थानीय निकायहरुमा वाणिज्य बैंकको शाखा सञ्जालमार्फत उपस्थिति सुनिश्चित गर्ने नेपाल सरकारको नीति बमोजिम नेपाल राष्ट्र बैंकसँग प्रतिबद्धता जनाएको ३४ वटा स्थानीय निकायहरुमध्ये २७ स्थानीय निकायहरुमा एनआईसी एशिया बैंकले नयाँ शाखा विस्तार गरेको छ ।

दुर्गम तथा ग्रामीण क्षेत्रहरुमा समेत आफ्नो पहुँच अभिबृद्धि गर्दै सम्पुर्ण तह तप्काका सर्वसाधारणको बैंकको रुपमा आफ्नो पहिचान बनाईरहेको यस बैंकले समस्त ग्राहकहरुलाई उच्चस्तरीय सेवा दिंदै आईरहेको छ । बैंकको हालसम्म २१० वटा शाखा कार्यालय, २०३ एटिएम, ६ वटा एक्स्टेन्सन काउण्टर, ६ वटा शाखारहित बैंकिङ एवम् ५५०० भन्दा बढि रेमिटेन्स पे आउट एजेन्ट सहित मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंकको रुपमा स्थापित भैसकेको छ ।