२२ कार्तिक २०८३, आइतबार

मिटरमा जान नमान्ने पाँच ट्याक्सी चालक प्रहरीको नियन्त्रणमा

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर ।

कास्की, ३ जेठ । पोखरामा प्रहरीले मिटरमा जान नमान्ने पाँच ट्याक्सी चालकहरुलाई नियन्त्रणमा लिएको छ ।

पोखरा नगर क्षेत्रको पर्यटकीयस्थल लेकसाईडमा भाडाका मिटर ट्याक्सीले सर्वसाधारण यात्रुसँग भाडामा जान नमानी बार्गेनिङ गरेको गुनासो प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले बुधबार राति गरेको कारवाहीमा ५ वटा भाडाका मिटर ट्याक्सीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका ट्याक्सीहरुमा ग १ ज १८९८, ग १ ज ५३५८, ग १ ज १८७६, ग १ ज ४१९३ र ग १ ज ५५२५ नम्बरका रहेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।