२२ कार्तिक २०८३, आइतबार

सिटभन्दा बढी यात्रु राखे ठाउँको ठाउँ कारवाही !

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ३ जेठ । गृहमन्त्री रामबहादुर थापा‘बादल’ले उपत्यकामा चल्ने सवारी साधनमा सिट क्षमताभन्दा बढी यात्रु रोख ठाउँको ठाउँ कारवाही गर्न निर्देशन दिएका छन् ।

बिहिबारको बैठकमा गृहमन्त्री बादलले सवारी दुर्घटना न्यूनिकरण र ट्राफिक नियमको पालनाका लागि कडाईका साथ लाग्न ट्राफिक प्रहरीलाई निर्देशन दिए । निर्देशन लगत्तै ट्राफिक नियममा आजदेखि कडाई सुरु भएको छ ।

काठमाडौँ उपत्यकामा आजदेखिनै तीन पाङ्ग्रे टेम्पुहरुमा सिट संख्या भन्दा बढी यात्रु राख्न नपाईने व्यवस्था कडाईका साथ लागु गरिएको छ । आगामी आईतबार देखि माईक्रोमा समेत सिट संख्या भन्दा बढी यात्रु राख्न नपाउने व्यवस्थालाई कडाईपूर्वक लागु गर्न लागिएको महानगरी ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

यस्तै मिटरमा चल्न नमान्ने ट्याक्सी र मिटर जडान नगरेको ट्याक्सीलाई समेत ट्राफिकले कारवाही सुरु गरेको छ । मिटर जोड्न बाँकी रहेका ट्याक्सीको विवरण गुणस्तर विभागबाट आजै ट्राफिक महाशाखाले मगाएको छ । त्यस्ता ट्याक्सीलाई कारवाही गर्ने तयारी महाशाखाले गरेको छ ।

ट्राफिक जरिवाना बढ्दै

ट्राफिक नियम उलङ्घन गर्दा तिराईने जरिबाना कम रहेको कारण सवारी चालकले ट्राफिक नियम उलङ्घन बढी गर्ने गरेकोे गुनासो बिहिबारको बैठकका सहभागीहरुले गरेपछि गृहमन्त्री बादलले आवश्यकता अनुसार जरिवाना शुल्क समेत बढाउन निर्देशन दिएका छन् ।

हाल ट्राफिक नियम उलङ्घन गर्दा रु पाँच सय देखि रु एक हजार सम्म मात्रै जरिवाना रहेकोमा यसलाई बढाएर रु तीन हजार देखि पाँच हजार सम्म पु¥याउने प्रक्रिया यातायात व्यवस्था विभागले सुरु गरेको छ ।

ट्राफिक नियमलाई कडाई गर्न सके सवारी जामको समस्या र दुर्घटनाको घटनामा उल्लेख्य कमी आउने ठहर सहित ट्राफिक जरिवाना बढाउन लागिएको हो ।

सिंहदरबारभित्र निश्चित ठाउँमा मात्रै पार्किङ

सिंहदरबारभित्र जथाभावी सवारी पार्किङका कारण कुरुप देखिएपछि अब निश्चित ठाउँमा मात्रै सवारी पार्किङको व्यवस्था गर्न लागिएको छ ।

यसका लागि सिंहदरबारभित्र पार्किङका लागि उपयुक्त स्थानहरुको खोजि भईरहेको छ । पार्किङस्थलको पहिचान भए लगत्तै मन्त्री बाहेक अन्यको गाडी पार्किङस्थलमा मात्रै राख्ने गरी आवश्यक तयारी भईरहेको छ ।