काठमाडौं, ३ जेठ । श्रम रोजगार तथा सामाजाकि सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगार स्वास्थ्य परीक्षणमा महत्वपूर्ण निर्णय गरेका छन् ।
बुधबार राति मन्त्रिस्तरीय निर्णयबाट वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न एकलौटी लाधिएको नियम तोड्ने निर्णय गरेका हुन् ।
मलेसिया र खाडिका देशमा लाधिएको भिएलएन, माइग्राम्स जस्ता संस्था खारेज गर्ने निर्णय भएको श्रोतले जनाएको छ । श्रोतका अनुसार गृह र परराष्ट्र मन्त्रालयसँग छलफल गरेपछि मन्त्री विष्टले एकतर्फि लाधिएको स्वास्थ्य संस्थाको सिन्डिकेट खारेज गरेका हुन् ।
सिन्डिकेट तोड्न सम्बन्धित देशसँग परराष्ट्रले कूटनीतिक पहल गर्ने र देशमा गृह मन्त्रालयले कारबाही गर्ने बचन दिएपछि मन्त्री विष्टले निर्णय गरेका छन् ।
गन्तव्य देशका दूतावासले समेत त्यस्तो निर्णय अनिवार्य नरहेको बताएपनि नेपाली कामदारको स्वास्थ्य परीक्षण गर्न विभिन्न देशमा सिन्डिकेट खडा भएको थियो ।












प्रतिक्रिया