
देहरादुन, ३ जेठ । भारतको उत्तरखण्डका पर्यटनमन्त्री सतपाल महाराजले नेपाल र भारतका पर्यटकलाई एक अर्को देशमा लैजान जरुरी भएको बताएका छन ।
भारतको उत्तराखण्ड सरकारका पर्यटनमन्त्री र नेपालको एक प्रतिनिधिमण्डलबीच पर्यटन क्षेत्रको विस्तार र विकासबारे भएको छलफल बोल्दै उनले चारधाम र पशुपतिनाथलाई जोडेर धार्मिक पर्यटन बढाउनु पर्ने बताए । ‘हाम्रो भाषा, संस्कृति रहनसहन र खानपान समेत मिल्दोजुल्दो रहेकोले उत्तराञ्चल र नेपालको सात नम्बरको पर्यटन क्षेत्र व्यवस्थित बनाउनु जरुरी छ’, उनले भने ।
प्राचिन ढंगले नेपाल भारतको धार्मिक पर्यटन चल्दै आएको र यसलाई अझ व्यवस्थित बनाउनु पर्नेमा मन्त्री महाराजको ठहर छ । पशुपतिनाथ, मुक्तिनाथ लगायतका क्षेत्रमा आफू गएको स्मरण गर्दै उनले मानसरोवर यात्रा अझ सहज बनाउन सके नेपालले ठूलो फाइदा लिन सक्ने आशय पनि व्यक्त गरे ।
पर्यटन जोड्नलाई कला, संस्कृति र लोप हुँदै गएको खानाका विभिन्न प्रकारको आदान प्रदान गर्नुपर्नेमा जोड दिएका मन्त्री महाराजले पञ्चेश्वर जलविद्युत आयोजना बनेपछि नेपाल र भारतलाई बहुक्षेत्रमा फाइदा हुने विश्वास गरे ।
उनले खिचडी, डुप्का, राइता, सेलरोटी जस्ता धेरै खानाका प्रकारहरु नेपाल र भारतको साझा खानाको प्रकार रहेको चर्चा गर्दे यसको जगेर्ना गर्नु पर्नेमा पनि जोड दिए । उनले पर्यटन, संस्कृति लगायतका क्षेत्रको विकास र प्रवद्र्धनका लागि लिखित सुझाव र योजनाको अपेक्षा गरेका थिए । लिखित योजना आए आफूले पर्यटन क्षेत्रको विकासका लागि सक्दो प्रयास गर्ने उनको प्रतिवद्धता छ ।
उनले नेपाली प्रतिनिधिमण्डलले उठाएको देहरादुन काठमाडौ सिधा हवाई सेवाको माग पुरा गर्न प्रयास गर्ने आश्वासन पनि दिए ।















प्रतिक्रिया