८ कार्तिक २०८३, आइतबार

नेम्वाङले बोलाए कार्य व्यवस्था परामर्श समितिको बैठक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Subas Nembangकाठमाडौँ, १६ पुस । ठुला दलका शीर्ष नेताबीच असमझदारी कायमै रहेका कारण संविधान निर्माण प्रक्रियाका बारेमा ठोस छलफल गर्न संविधानसभा अध्यक्ष सुवास नेम्वाङले बुधबार कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाउनु भएको छ ।

दलहरुले माघ ८ मा संविधान जारी गर्ने भने पनि सयम घर्कीदैँ गएकाले उक्त मितिमा संविधान जारी नहुने संकेत देखिएका बेला नेम्वाङले  कुन प्रक्रिया अपनाउने भन्ने बारे निष्कर्षमा पुग्न बैठक बोलाउनु भएको हो ।

पछिल्लो समय ठुला दलका शीर्ष नेताहरुसँग समेत रुष्ट बन्दै आउनु भएका नेम्वाङले अग्रसरता लिनु भएको हो ।

उहाँले दलहरुबीच अन्योलता कायमै रहे आफुले संविधानसभाको नियमावली, संविधान र स्थापित अभ्यासका आधारमा संविधान निर्माणको प्रक्रिया अघि बढाउने चेतावनी दिदैँ आउनु भएको छ ।

अहिले पनि दलहरुबीच संविधानका मूल विषय संघीयता, शासककीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीका सम्बन्धमा फरक–फरक धारणा रहँदै आएको छ । जसका कारण संविधान निर्माण प्रक्रिया नै अन्योलमा पर्दै आएको छ ।

नेम्वाङले बैठकमा कांग्रेस सभापति एवं प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली, एमाओवादी अध्यक्ष प्रचण्ड, राप्रपा नेपालका अध्यक्ष कमल थापा र मधेशी मोर्चाका विजय गच्छदारलगायतलाई बोलाउनु भएको छ ।