बैतडी, २ जेठ । भीरबाट लडेर बैतडीमा बुधबार एक शिक्षकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको मेलौली नगरपालिका–२ सुदर्शन माध्यमिक विद्यालय लिखोडाका ४३ वर्षीय शिक्षक वीरेन्द्रबहादुर चन्द रहेको प्रहरीले जनाएको छ ।
बुधबार बिहान विद्यालय जाने क्रममा स्थानीय सुक्र्यौडा भीरबाट लडेर उनको मृत्यु भएको सुदर्शन माविका शिक्षक दीपकराज भट्टले जानकारी दिनुभयो । –रासस












प्रतिक्रिया