–डा. यञ्जन गैह्रे
काठमाडौँ । पायल्सका कारण मानिसहरुले धेरै दुःख पाउने गरेका छन् । पायल्सका विरामीले खानेकुरामा ध्यान दिए यसबाट राहत पाउन सक्छन् । पायल्य हुँदा के खाने ? के नखाने ? र कति बेला के खाने भन्ने कुरा जान्न आवश्यक छ । यसबाट पायल्य छिटो र प्रभावकारी रुपमा ठीक हुन मद्यत मिल्छ ।
– प्रशस्त पानी पिउने (१ घण्टामा १ गिलास)।
– हरियो सागपात काँचै खाने, फलफूलको जूस तथा फलफूल खाने, चोकर सहितको गहुँको पिठो, रोटी, ब्राउन राइस, रहर तथा मुंगको दाल खाने ।
– दैनिक ४५ मिनेटदेखि १ घण्टा हलुका पसिना आउने गरेर शारीरिक व्यायाम गर्ने जस्तैः योग–आसन, रिड व्यायाम, एरोबिक व्यायाम आदि ।
– हप्तामा एक पटक आवश्यकता अनुसार पेट सफा गराउने (एनिमा लिने) र कब्जियत हुन नदिने ।
– शरीरले पचाउन सक्ने गरी मात्र खाना खाने ।
– चिल्लो, पिरो, तारे–भुटेको, मसालेदार परिकार नखाने ।
– शौचालय गईसकेपछि वा सुत्नु अघि तोरी/जैतुनको तेल गुहद्वारमा लगाउने ।
– धुम्रपान, रक्सी, ब्राण्डी, सुर्ती, जर्दा जस्ता चिजको सेवन नगर्ने ।
के खाने ?
– गहुँको चोकरसहितको रोटी
– जौ, पुरानो चामल, रहर, मुंगको दाल, केरा, अमला
– गाजर, पालुँगो, मुला, करेलाको रस
– धनियाका रसमा मिस्रि मिलाएर खाने
– पानी धेरै पिउने
–हरियो सागसब्जी/सलाद आदि खाने ।
के नखाने ?
–तातो, पिरो, मसालेदार, बासी खाना, मासु, अमिलो, आलु, सखर, डिब्बा बन्द परिकार, चिया, कफी, रक्सी, चुरोट, ब्राण्डी, आदि ।
पायल्समा भोजन एंव पोषण तालिकाः
बिहान
५.३० बजे : पानी २ गिलास तथा २/३ लसुनको केशरा खाने
७.०० बजे : मुनक्का या छोहरा ५० ग्राम (७ छण्टा पानीमा भिजाएर)
१०-११ बजे : रातो चामलको भात १०० ग्राम
– दाल १० ग्राम (अंकुरित मुङ्ग, मेथि, चना, सबभन्दा राम्रो)
– तरकारी ३०० ग्राम जस्तै : सिजन अनुसारको परवर, लोका, करेला, घिरौला हरियो सागसात मेथी, चम्सुर, बेथे, खादि प्रशस्त खाने ।
– सलाद २०० ग्राम जस्तै : काक्रो, गाँजर, मुला, चुकन्दर, आदि काँचो खानमिल्ने खानेकुराहरु ।
दिउँसो
३.०० बजे : कुनै एक
– गहुँको सुख्खा रोटी १ वटा र तकारी १ प्लेट –फपर, कोदो, मकैको रोटी पनि खान सकिन्छ )
– हरियो मकै उसिनेर सानो १ कचौरा या भुटेको मकै
– फलफूल २०० ग्राम स्याउ, मौसम, सुन्तला, अनार मध्ये कुनै एक
बेलुका
८.०० बजे : गहुँको सुख्खा रोटी २, ३ वटा
– तरकारी, चट्नी बिहानको जस्तै (बेलुका दाल नखाने)
– पानी दिनभरीमा ३ देखि ४ लिटर सम्म पिउने
– हरियो सागपात, फलफूल, तरकारीहरुको प्रशस्त प्रयोग गर्ने
– खाना राम्रोसँग चपाएर खाने, नुन र चिल्लो कम खाने
– रोगी हुनु भन्दा पहिले नै प्राकृतिक उपचार र जीवनशैली परिवर्तनबाट निरोगी रहौँ । खानामा रोटी, भातको मात्रा २०–४० % र हरियो सागसब्जी/सुपको मात्रा ६०–८० % हुनु जरुरी छ ।
(डा. यञ्जन गैह्रे प्राकृतिक स्वास्थ्य अस्पताल र वेलनेस अस्पतालका विशेषज्ञ डाक्टर हुन्)















प्रतिक्रिया