काठमाडौं, २ जेठ । महिलाहरूको नेतृत्व बिकासका लागि सामाजिक रुपान्तरण समाज र टोखा नगरपालिकाले सात दिने समूह ब्यबस्थापन एवं नेतृत्व बिकास प्रशिक्षण सचालन गरेको छ ।
टोखा नगरपालिकाका महिलाहरू सहभागी भएको प्रशिक्षण कार्यक्रमको उदघाटन गर्दे टोखा नगरपालिकाका उपमेयर ज्ञानमाया डंगोलले नेतृत्व बिकास एवं महिलाको क्षमता बिकासका लागि महत्वपूर्ण हुने उल्लेख गरिन् ।
समाजका अध्यक्ष बिष्णुकला भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा महिला तथा बालबालिका शाखाका प्रमुख बिमला बाग्ले, धापासी बुद्धिजीवी समाजका अध्यक्ष एवं बरिष्ठ पत्रकार टंक पन्त, हेराल्ड कलेजका प्रिन्सिपल नारायण शर्मा, समाजकी उपाध्यक्ष सुमित्रा ढकाल, सचिब भगवती गौतम, शान्ता पराजुली लगायतले परिबर्तनको प्रारंभ आफुबाटै शुरुवात गर्नुपर्ने बताएका छन् ।
कार्यक्रममा प्रशिक्षकको रुपमा बिष्णुकला भण्डारी, मीना शर्मा, मोहन पोख्रेल रहेका छन् ।












प्रतिक्रिया