२२ कार्तिक २०८३, आइतबार

इटहरीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

3.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इनरुवा, १ जेठ । सुनसरीको इटहरी उपमहानगरपालिका–१३ खनारस्थित मंगलबार मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय मोटरसाइकल चालक ४० वर्षीय श्याम सरदार रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । को १० प १०८३ नंको मोटरसाइकलमा गइरहेका बेला अनियन्त्रित भई दुर्घटना हुँदा चालक सरदारको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिनुभयो । –रासस