२२ कार्तिक २०८३, आइतबार

लागू औषध सहित ६ जना पक्राउ

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १ जेठ । प्रहरीले ललितपुरमा लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।

गोदावरी नगरपालिका–३ पुतलीघाट टौखेलबाट ललितपुर महानगरपालिका–७ पाटन बस्ने २५ वर्षीय सुमन महर्जन, गोदावरी नगरपालिका–३ टौखेल बस्ने ३० वर्षीय राजु केसी र गोदावरी बस्ने २८ वर्षीय निरन्जन केसीलाई लागुऔषध नुर्फिन १० एम्पुल, डाइजेपाम ११ एम्पुल, फेनारगन ११ एम्पुल र चाइनिज हेण्डसेट १ थान र दुर्विन १ थान सहित सोमबार प्रहरीले पक्राउ गरेको छ हो ।

यसैगरी, सुनसरीको धरान उपमहानगरपालिका–१६ स्वामी चोक बस्ने २८ वर्षीय टारजन मगरको घर कोठामा लागूऔषध सेवन गरिरहेको अवस्थामा धरान–१४ बस्ने २५ वर्षीया प्रेयका बिक, धरान–१३ बस्ने २१ वर्षीय सुजन राई र ३३ वर्षीय सुमित राईलाईलाई पक्राउ गरेको छ।

उनीहरुको साथबाट लागू औषध एभिल १० एम्पुल, डाइजेलाप १० एम्पुल र लुपिजेसिक १० एम्पुल सहित सोमबार प्रहरीले पक्राउ गरेको छ ।