कैलाली, ३१ बैशाख । कैलालीमा हावाहुरीका कारण एक जनाको मृत्यु भएको छ । त्यस्तै दुई जना घाइते भएका छन् ।
आइतबार राती चलेको हावाहुरीले गौरीगंगा नगरपालिका–१ का ५६ वर्षीया चारुमती बुढाको मृत्यु भएको हो । त्यस्तै, हावाहुरीका कारण घरको ईटा खसेर कैलारी गाउँपालिका–७ का शोभा चौधरी र गिधिनिया चौधरी घाइते भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी जिल्लामा हावाहुरीका कारण विभिन्न ठाउँमा घरका छाना उडाउनुका साथै रुखहरु ढल्दा सडक र विद्युत अवरुद्ध भएको बताइएको छ ।












प्रतिक्रिया