३० आश्विन २०८३, शुक्रबार

ओली भन्छन् प्रचण्डको बुद्धि बिग्रियो, नेपाल प्रचण्डसँग एउटै गाडीमा सरर्

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

madhav-and-prachanda-1काठमाडौँ, १५ पुस । दलहरुबीच दुरी बढ्दै गएका बेला सत्तारुढ दल नेकपा एमाले र प्रमुख प्रतिपक्षी दल एमाओवादीका शीर्ष नेताबीच भेटवार्ता भएको छ ।

मंगलबार एमाले नेता माधवकुमार नेपाल र एमाओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको हो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच वाकयुद्ध चलिरहेका बेला नेता नेपाल प्रचण्ड निवास लाजिम्पार्ट पुग्नु भएको हो ।

नेपाली राजनीतिमा समन्वयकारी भुमिका खेल्ने नेपाल संविधान निर्माण प्रक्रियामा सहज वातावरण निर्माण गर्न आग्रह गर्न प्रचण्ड निवास पुग्नु भएको स्रोतले बताएको छ ।

प्रचण्ड निवासमा दुबै नेताबीच करिब  डेढ घन्टा कुराकानी भएको थियो ।

भेटमा नेता नेपालले संविधान लेखनका विषयमा सकारात्मक भुमिका खेल्न प्रचण्डलाई आग्रह गर्नुभएको थियो ।

भेटका क्रममा नेपालले संविधानका विवादित विषयमा सहमति हुन नसके संविधानमा फरक मत राखेर भएपनि अगाडि बढ्न आग्रह गर्नुभएको थियो ।

यता प्रचण्डले भने सहमतिकै आधारमा संविधान जारी गर्नुपर्नेमा अडान राख्नु भएको थियो । भेटमा प्रचण्डले नेपालसँग एमाले अध्यक्ष ओलीका अभिव्यक्ति र अडानले सहमति विथोलिएको गुनासो गर्नुभएको थियो ।

नेपालले भने सहमतिलाई नविथोल्न आग्रह गर्नुभएको थियो । भेटवार्तापछि दाहाल र नेपाल दुबै एउटै गाडीमा नेकपा–माओवादीका अध्यक्ष  मोहन वैद्यलाई भेट्न थापाथलीस्थित नर्भिक अस्पताल जानु भएको थियो ।