३ कार्तिक २०८३, मंगलबार

यस्तो रहेछ गायब भएको ३३ किलो सुन खोज्न ‘गोरे’ले बनाएको भिडियो

12.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० वैशाख । ३३ किलो सुनकाण्डका नाइके चूडामणि उप्रेती ‘गोरे’ले आफ्ना सहयोगी र भरियाहरूलाई दिएको यातनासम्बन्धी भिडियो आएको छ ।

भिडियोमा ‘गोरे’ गायब भएको ३३ किलो सुन पत्ता लगाउन सनम शाक्य र अन्य सहयोगीहरूलाई चरम यातना दिएको उल्लेख रहेको स्रोतले जनाएको छ ।

‘गोरे’ले दिएको यातनासम्बन्धी भिडियो मोरङ जिल्ला अदालतमा देखाउने क्रममा अभियुक्त पक्षका अधिवक्ताहरूले हो–हल्ला गरेपछि देखाउन रोकिएको थियो । तैपनि भिडियो चार मिनट देखाइएको थियो ।

भिडियोमा शाक्यलाई करेन्ट गाउनुका साथै तस्करीमा संलग्न भुजुङ गुरुङले भरियाहरूलाई हप्काए उल्लेख छ । यातना जंगल र होटेलको कोठामा दिइएको थियो । साथै को–कोसँग क–कसको कनेक्सन छ भन्ने कुरा पनि भिडियोमा रहेको स्रोतको भनाइ छ ।

‘गोरे’ले यातना दिने क्रममा मोरङ जिल्ला उर्लाबारी–७ का सनम शाक्यको गत १८ फागुनमा मृत्यु भएको थियो ।

‘गोरे’ र एसएसपी श्याम खत्रीसहित सुनकाण्डका ३३ जना अभियुक्त फरार छन् । आठ प्रहरीसहित ३० जना पक्राउ परेका छन् ।

सुनकाण्डका अभियुक्तको पक्षबाट वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, रमण श्रेष्ठ, यदुनाथ खनाल, सुशील पन्तले बहस गर्दै छन् ।

अधिवक्ताहरू उद्धव रेग्मी, मनीषा बस्नेत, रमिता महर्जन, कल्पना धमलालगायत ८० जनाले बसह गर्नेछन्  ।