सुनसरी, १५ पुस । नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमाओवादी अध्यक्ष प्रचण्डको कडा आलोचना गर्नुभएको छ ।
सुनसरीको इटहरीमा मंगलबार पार्टीको प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले संविद्यान निर्माणका वातावरण प्रचण्डले भाँड्न खोजेको आरोप लगाउनुभयो ।
ओलीले प्रचण्डको बुद्धि नपलाएका कारण पार्टी भित्र र बाहिर पनि समस्या भएको समेत आरोप लगाउनुभयो ।
मुलुकले थुप्रै हन्डर खाइसक्दा पनि प्रचण्डको बुद्धि नफर्किएको भन्दै ओलीले भन्नुभयो– युद्धमा त्यति धेरै जनता मरिसके, पार्टीभित्रै पनि थुप्रैले उनको साथ छोडिसके तर अझै पनि प्रचण्डको बुद्धि आएन।’
कुनै बाहनामा माघ ८ को डेडलाइन क्रस गर्न नहुने भन्दै ओलीले जतिसक्दो छिटो अन्तरवस्तुमा सहमति खोज्नु पर्ने औँल्याउनु भयो ।
एमाले अझै पनि सहमतिकै पक्षमा रहेको भन्दै ओली झिनामसिना विवाद छाडेर संविधान निर्माण प्रक्रियामा आउन सबैलाई आग्रह गर्नुभयो ।















प्रतिक्रिया