३ कार्तिक २०८३, मंगलबार

ओली र मोदीबीच भए यी महत्वपूर्ण ५ समझदारी

31.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौंमा आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै । तस्वीर : प्रदिपराज वन्त/रासस

काठमाडौँ, २८ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भएको भेटवार्तामा पाँच महत्वपूर्ण समझदारी भएका छन् । नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका मोदी र ओलीबीच काठमाडौँको एक होटलमा भेटवार्ताको क्रममा सो समझदारी भएको हो ।

मोदी पहिले जनकपुरमा भएको कार्यक्रम सकेर काठमाडौँ आएका थिए । दुई प्रधानमन्त्रीले अरुण तेस्रोको शिलान्यास गरेका छन् । दुई प्रमबीच कुनै सम्झौता नभए पनि सम्बोधनका क्रममा आफूहरुका बीचमा मौखिक समझदारी भएको बताएका छन् ।

यी हुन् महत्वपूर्ण ५ समझदारी

१. नेपालसँगको कनिक्टिभिटी बढाएर नेपाललाई वाटर लिंक होस् भन्ने प्रधानमन्त्री ओलीको भिजनलाई साकार गर्न भारतले हरसम्भव सहयोग गर्न प्रतिवद्ध रहेको मोदीले बताए ।

२. रक्सौल–काठमाडौँ रेल्वेको सर्वे छिट्टै गर्ने समझदारी भएको समेत मोदीले बताए । अघिल्लो महिना भएको ओलीको भारत भ्रमणका क्रममा रेल्वे निर्माण सहमति भएको थियो । त्यो लगायत उनको भारत भ्रमणका क्रममा भएका सहमतिहरुलाई यथाशिघ्र कार्यान्वयन गर्ने सम्बन्धी छलफल भएको समेत मोदीले बताए ।

३. भारतले क्यान्सरको उपचारमा सहयोग गर्ने भएको छ । भक्तपुर क्यान्सर अस्पतालमा भावा ट्रोमा रेडियो थेरापी मेसिन छिट्टै जडान गर्ने समझदारी भएको मोदीले बताए ।

४ वार्तामा दुई प्रधानमन्त्रीबीच पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको डीपीआर छिट्टै बनाउने विषयमा छलफल भएको छ । यसका लागि दुई देशको टिम छलफलमा बस्ने प्रधानमन्त्री ओलीले बताए ।

५. भारतले नेपालको कृषिमा सहयोग गर्ने भएको छ । भारतले कृषि अनुसन्धान, शिक्षामा सहयोगको रोडम्याप बनाउनेछ । नेपाल र भारतका कृषि मन्त्रीको बैठक छिट्टै बस्ने र यो विषयमा छलफल गर्ने दुई प्रधानमन्त्रीले जानकारी दिए ।