३ कार्तिक २०८३, मंगलबार

मोदी नेपाल आएको बेला जनकपुरलाई भारतमा गाभ्ने प्रस्ताव

6.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा रहेका बेला जनकपुरलाई भारतमा गाभ्ने प्रस्ताव आएको छ ।

भारतीय लोकसभाका सदस्यले जनकपुरलाई समेटेर मिथिला राज्य बनाउन सुझाव दिएका हुन् । भारतीय लोकसभाका सदस्य कीर्ति आजादले ट्वीट गर्दै मोदीलाई आग्रह गरेका छन् – ‘आदरणीय नरेन्द्र मोदीजी तपाईँलाई मिथिलाको राजधानी जनकपुरधाममा स्वागत छ । दुई सय वर्ष पहिले अंग्रेज तथा नेपालबीच भएको सन्धि अनुसार मिथिला क्षेत्र नेपाललाई दिइएको थियो । त्यो सन्धि समाप्त भएको छ । अनुरोध छ कि माता सीताको आदर गर्दै यसलाई फिर्ता लिँदै मिथिला राज्यको गठन गर्नुहोस् ।’

उनले ट्विटरमा मोदी र नितिश कुमारलाई मेन्सन समेत गरेका छन् । जनकपुरलाई भारतमा गाभ्न माग गर्ने कीर्ति आजाद बिहारका पूर्वमुख्यमन्त्री भागवत झा आजादका छोरा हुन् । आजाद प्रधानमन्त्री मोदीको पार्टी भारतीय जनता पार्टीका सांसद तथा पूर्वक्रिकेटर समेत हुन् ।

उनको यो ट्वीट सामाजिक सञ्जालमा भाइरल बनेको छ । धेरै नेपाली ट्विटर प्रयोगकर्ताले सुगौली सन्धिमा नेपालले गुमाएका अन्य भूभागसमेत फिर्ता गर्न चुनौति समेत दिएका छन् ।