लण्डन । २७ डिसेम्बर २०१४ मा विलविच लण्डनस्थित थेम्स हाउस, एलसिआईएस कलेजको सभाहलमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेलायत च्याप्टरले बृहत साहित्यिक कार्यक्रमको सम्पन्न गर्यो।
नेपाली वाङमयका दुई उज्वल नक्षत्रहरु क्रमशः भुपि शेरचन तथा लैनसिंह वाङ्देलको जन्मजयन्तीको अवसरमा आयोजित उक्त कार्यक्रमको संयोजन अन्तराष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय युरोप क्षेत्रका उपाध्यक्ष तथा अनेसास बेलायत च्याप्टरका सल्लाहकार सुमलकुमार गुरुङले गर्नुभएको थियो ।
अनेसास बेलायत च्याप्टरका अध्यक्ष डा. रुपक श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार डा कविताराम हुनुहुन्थ्यो । दिउँसो डेढ बजेबाट शुरु भई साँझ साँढे ६ बजेसम्म संचालित यस कार्यक्रमको संचालन अनेसास बेलायत च्याप्टरकी महासचिव लक्ष्मिथापा राई (लारा) ले गर्नुभएको थियो ।
कार्यक्रममा दुई दर्जन सर्जकहरुले कविता, मुक्तक, गीत तथा गजल वाचनका साथै आफ्ना विचारसमेत व्यक्त गरेका थिए । यसै कार्यक्रममा सुमलकुमार गुरुङ तथा डा.रुपक श्रेष्ठका कृतिहरुमाथि कवि जगत नवोदित र कवि दुर्गाप्रसाद पोख्रेलले समीक्षात्मक टिप्पणी प्रस्तुत गर्नुभएको थियो ।
सुमलकुमार गुरुङले प्रमुख अतिथि डा. कविताराम श्रेष्ठको पुस्तकबारे चर्चा गर्नुका साथै अनेसास केन्द्रीय अध्यक्ष, पदम विश्वकर्माका शुभकामनाका साथै कवि दिल्ली आचार्यले काठमाडौँबाट पठाएका कविता समेत वाचन गर्नुभएको थियो । कार्यक्रममा अतिथिहरु, खगेन्द्र नेपाली, विश्वदीप तिगेला र प्रमुख अतिथि डा. कविताराम श्रेष्ठले आ–आफ्नो मन्तव्य तथा सिर्जनाहरु सुनाएका थिए ।
गायक तथा कविता वाचकहरूमा नवराज घिमिरे, भगवान चामलिङ, गणेश पुन, दयाकृष्ण राई, किरण टी लिम्बू, लिला गुरुङ, सबि श्रेष्ठ, दुर्गा पोख्रेल, खगेन्द्र पाठक, खगेन्द्र नेपाली, सुमल गुरुङ, डा। रुपक श्रेष्ठ, सारादेवी गुरुङ, विश्वदीप तिगेला, कविताराम श्रेष्ठ, गोकुल भण्डारी, शुमाया राई, खुशी लिम्बू, दिलु मुकारुङ, मन्जु भण्डारी, नारायण गाउले, कृष्ण शिवाकोटी, राजकुमार श्रेष्ठ तथा लारा आदि थिए ।
यस कार्यक्रममा अनेसासका केन्द्रीय सल्लाहकार खगेन्द्र नेपाली, विश्व साहित्य महासंघका अध्यक्ष विश्वदीप तिगेला, पूर्व अनेसास केन्द्रिय युरोप क्षेत्रका अध्यक्ष जगत नवोदित, नेपाली प्रत्तिभा प्रतिष्ठान बेलायतका अध्यक्ष दयाकृष्ण राई, नेपाली साहित्य विकाश परिषदका उपाध्यक्ष दुर्गा प्रसाद पोख्रेल, किराँत राई संस्कृति संघका अध्यक्ष तथा संघिय लोकतान्त्रिक समाज पार्टीका केन्द्रिय सदस्य भगवान चामलिङ, अन्तर्राष्ट्रिय नेपाली वाङ्मय प्रत्तिष्ठान बिओटीका अध्यक्ष खगेन्द्र पाठक, हङकङ नेपाली मञ्च बेलायतका महासचिव खुशी लिम्बु, दक्षिणपूर्व क्षेत्रीय तमुधिं लण्डनका अध्यक्ष श्रीचन्द्र गुरुङ शुमाया राई समेतको विशेष अतिथिको रूपमा उपस्थिति थियो ।














प्रतिक्रिया