
काठमाडौं, २८ वैशाख । केही साता अघि मात्र चीनको राजकीय भ्रमणमा बेइजिङ उत्रिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि चिनियाँ राष्ट्रपति सी जिन पिङ विमानस्थलमै आए ।
चीनको मुहानमा राष्ट्रपति सीले मोदीलाई स्वागत गरेका थिए । प्रोटोकोल तोड्दै सीको न्यानो स्वागत पाएका मोदी आजदेखि दुई दिने नेपाल भ्रमणमा छन् ।
भारतीय प्रधानमन्त्री आउँदा प्रोटोकल नै तोड्ने परम्परालाई प्रधानमन्त्री केपी शर्मा ओलीले रोकेका छन् । उनले मोदीको स्वागतका लागि मन्त्रीपरिषद्का बरिष्ठ रक्षा मन्त्री इश्वर पोखरेललाई पठाएका थिए ।
पाइजामा र कुर्तामा जनकपुर पुगेका प्रधानमन्त्री ओलीले मोदीलाई जानकी मन्दिर परिसरमा स्वागत गरेका छन् । मोदीका लागि प्रोटोकोल नतोड्नुमा भारतले ओली भ्रमणमा गरेको स्वागतको जवाफसहित भावनात्मक दबाब ओलीलाई परेको थियो ।
ओलीलाई २३–२५ चैत २०७४ को भ्रमणका बेला मोदीले त्यहाँका मन्त्रीमध्येका बरिष्ठ गृहमन्त्री राजनाथ सिंहलाई स्वागतका लागि खटाएका थिए ।
सामाजिक सञ्जालमा स्वागत गरिने तर नागरिक अभिनन्दन नगरिने भन्दै ठूलो समुदायले नाकाबन्दि सम्झिन थालेपछि ओली यो दबाबमा परेका थिए । अघिल्लो पटक ओली प्रधानमन्त्री हुँदा नै भारतले नेपालमा चर्को नाकाबन्दि जारी राखेको थियो ।
यसअघि दुईपटक नेपाल भ्रमणमा आउँदा मोदीलाई प्रोटोकल तोडेर स्वागतका लागि तत्कालिन प्रधानमन्त्री सुशिल कोइराला पुगेका थिए । मोदी एउटा राजकीय भ्रमण र अर्को सार्क शिखर सम्मेलनमा सहभागी हुन काठमाडौं आएका थिए । यो उनको तेस्रो नेपाल भ्रमण हो । यसलाई धार्मिक र सांस्कृतिक भ्रमण पनि बनाएका छन् ।















प्रतिक्रिया