१ कार्तिक २०८३, शनिबार

अमेरिका आइपुगे गायक सुगम पोखरेल

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– विजय थापा
अमेरिका । गायक सुगम पोखरेल दुई महिने संगीत यात्राको लागि अमेरिका ओर्लिएका छन् ।

उनी युएस यात्रा २०१८ नामक कार्यक्रमको लागि आएका हुन् । उनले लामो समयपछि आफू पुनः अमेरिकामा प्रस्तुत गर्न लागेको बताएका छन् ।

‘अमेरिकामा बस्ने नेपाली समुदायले मलाई माया गर्नु हुनेछ भन्ने आशा गरेको छु’, उनले भनेका छन् ।

मेरो संसार नामक गीतबाट दुई दशक अगाडि सांगीतिक क्षेत्रमा प्रवेश गरेका पोखरेल मे र जुन महिनाको लागि अमेरिका यात्रामा रहनेछन् । अमेरिकाका विभिन्न २५ राज्यहरूभन्दा धेरै स्थानमा उनको प्रस्तुति हुनेछ ।