३ कार्तिक २०८३, मंगलबार

मोदी भ्रमणको प्रभाव: धमाधम पक्राउ पर्न थाले ‘विप्लव’का नेता-कार्यकर्ता

6.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भ्रमणमा विरोध हुन सक्ने भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

त्यति मात्रै होइन, प्रहरीले नेकपाले विभिन्न स्थानमा बम आतंकका साथै विभिन्न कार्यालयहरूमा आक्रमण गरेको अभियोगमा नेताहरूलाई फेला पार्नेवित्तिकै ठाउँको ठाउँ पक्राउ गर्दै आएको छ ।

नेकपाका नेता तथा अखिल नेपाल जनसांस्कृतिक महासंघका महासचिव खेम थपलियाले केन्द्रीयदेखि जिल्ला तहसम्म झण्डै एक नेता कार्यकर्ता पक्राउ परेको बताए । थपलियाले पक्राउ परेका नेता कार्यकर्तालाई रिहाइ गर्न आग्रह गरे ।

वर्तमान सरकार नेकपासँग डराएर आत्तिएको महासचिव थपलियाको आरोप छ । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबारबाट गर्न लागेको भ्रमणको पनि विरोध गरेका छन् ।

नेकपाका प्रवक्त खडग विश्वकर्माले पनि बुधबार विज्ञप्ति जारी गरेर मजदुर संगठनको पत्रकार सम्मेलनमा सरकारले हस्तक्षेप गरेको भन्दै विरोध जनाएका छन् । ‘निरंकुशतावादी दमन, हस्तक्षेप र गैर कानूनी गिरफ्तारीको पार्टी घोर निन्दा एवं भर्त्सना गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

पार्टीका केन्द्रीय सदस्य तथा मजदुर संगठनका अध्यक्ष अमर झाँक्री ‘संजीव’, सचिव देव परियार, केन्द्रीय सदस्य, शिव परियार, शिशिर थापा, हरिचन्द्र खड्का, भीम अधिकारी, एलबी बुढाथोकी र टेक प्रधानसहित ८ जनालाई गिरप्तार गरेको नेकपाले जनाएको छ ।

प्रवक्ता विश्वकर्माले गिरप्तार नेता कार्यकर्ताहरूको शीघ्र रिहाईको जोडदार माग गरेका छन् । ‘देशले अन्तिम मुक्ति र नेपाली जनताले पूर्ण राजनैतिक अधिकार प्राप्त गर्ने प्रवल सम्भावनायुक्त परिस्थिति जुन सृजना भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘२००७ सालदेखि नेपाली जनताले अनवरत रुपमा गर्दै आएको जनसंघर्ष र १० वर्षको महान जनयुद्धको परिणाम हो । जनताको संघर्ष र क्रान्तिकारी पहलकदमीको परिणाम हो ।’

विश्वकर्माले भनेका छन्, ‘नेपाली जनताले क्रान्तिकारी संघर्षबाट हासिल गरेका अधिकारहरूलाई कथित अखण्डता, शान्ति र विकासको बहानाबाजीमा कटौंती गर्न न केपी ओलीले पाउँछन् न त पुष्पकमल दाहाल प्रचण्डले । न त यो गठबन्धन र ओली सरकारले नै पाउँछ ।’

‘यो त नेपाली जनता र यसको जनक्रान्तिसंग जिस्किने कुरा मात्र हो । जुन हाम्रो पार्टी र नेपाली जनतालाई सैह्य छैन’, नेकपाका प्रवक्ता विश्वकर्माले भनेका छन् ।