एजेन्सी । समाजमा एउटा लाजमर्दो काम भनेको मानिसहरुका बिचमा निर्वस्त्र भएर हिड्नु हो । हाम्रो समाजमा यस्तो कार्य गर्न सायदै कसैले हिम्मत गर्न सक्छ, यदि मानसिक अवस्था ठीक छ भने । यदि कोही यसरी हिँडे मानिसहरुले पक्कै पागल भन्लान् ।
तर फ्रान्सको राजधानी पेरिसमा एउटा ‘आर्ट म्युजियम’मा निर्वस्त्र मानिसहरुले निर्वाध अवलोकन गरेका छन् । सुन्दा पत्याउन गाह्रो पर्ला तर सो म्युजियमको अवलोकन गर्न आउने मानिसहरु पूर्ण रुपमा निर्वस्त्र थिए, चाहे पुरुष हुन् या महिला ।
यो ‘आर्ट म्युजियम’को नाम हो, ‘पलाइस डि टोक्यो’ । यो ‘आर्ट म्युजियम’मा अन्य समयमा कपडा लगाएका मानिसहरु आउने भएपनि न्युड एक्जिविसन (नग्न प्रदर्शनी) भएको सो दिन भने अवलोकन गर्न आउने मानिसहरु निर्वस्त्र थिए । उनीहरु निर्वस्त्र भएपनि उनीहरुलाई अरुको शरीरमा भने कुनै वास्ता हुँदैन । मानिसहरु भित्तामा झुण्डाइएका कलात्मक चित्रहरुमा एकटकले घोरिइरहेको देख्न सकिन्थ्यो । मानिसहरुले यो म्युजियम घुम्नको लागि कपडा लगाएर आएको भएपनि त्यहाँ पस्नु अघि बाहिरै खोल्छन् ।
अचम्मको कुरा यहाँ आउने मानिसहरु निर्वस्त्र भएपनि त्यहाँ गाइडहरुले भने कपडा लगाएका हुन्छन् । फ्रान्समा निर्वस्त्र मानिसहरुलाई प्रवेशाज्ञा दिने यो ‘आर्ट म्युजियम’ पहिलो हो । गत मार्चमा सञ्चालन भएदेखि यसले मानिसको आकर्षण पनि राम्रो गरिरहेको छ । यहाँ विभिन्न एतिहासिक तथा प्राचिन मुर्तिकला र चित्रकला राखिएको छ, जसमध्ये केही राजनीतिसँग पनि सम्बन्धी छन् । संसारका विभिन्न स्थानमा न्युडिष्ट एशोसियसनले यस्ता कार्यक्रमहरुको आयोजना गर्ने गर्छ ।














प्रतिक्रिया