सुरेन्द्र इङ्नाम
बेलायत । बेलायतको हकिन्स कम्युनिटी हल, केन्टमा मिस नेपाल वल्र्ड २०१४ मिस सुबिन लिम्बुको सम्मान कार्यक्रम भब्य रुपमा सम्पन्न भयो ।
तेह्रथुम समाज युकेले आयोजना गरेको सो कार्यक्रममा कार्यक्रमको पहिलो शत्र च्याभ्रुङ साथै विभिन्न जात–जातिका मौलिक पहिरन र साना नानिहरुलाई दियो कलश लिए मिस नेपाल वल्र्ड ०१४ मिस सुबिन लिम्बुको स्वागत हल प्रवेश गराएर प्रमुख अतिथिका रुपमा आसन ग्रहन गराइएको थियो । संस्थाका अध्यक्ष छत्रसिङ तेयुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा अतिथिका रुपमा ४१ भन्दा धेरै बेलायतका सामाजिक , राजनैतिक साथै विभिन्न क्षेत्रका अध्यक्ष तथा प्रतिनिधिहरु रहनु भएको थियो ।
प्रमुख अतिथि र सभापतिले दिप प्रज्वलन गरेपछि कार्यक्रमलाई औपचारिक रुपमा सुरुवात गरिएको थियो ।
कार्यक्रमको दोस्रो शत्र सम्मान कार्यक्रम रहेको थियो । उक्त सम्मान कार्यक्रममा आयोजक तेह्रथुम समाज बेलायतले लण्डनमा आयोजित ६४औ मिस वल्र्ड २०१४ को प्रतियोगितामा नेपालबाट भाग लिन आई सिङ्गो राष्ट्रको मात्र प्रतिनिधि नगरी लिम्बु पहिरन मेख्ली र बिर गोरखालीको ईतिहासलाई पनि जिवन्त राख्ने उदाहरणिय भुमिका निर्वाह गरेकोले त्यस कार्यको उच्च कदर गर्दै सम्मान–पत्र प्रदान गर्यो । त्यसपछि ४३ संस्थाहरुले सम्मान गरेका थिए ।
मिस सुबिनको सम्मान कार्यक्रम सकिए लगत्तै सोहि अवसर पारेर सन २००८ मा अफगानको लडाईमा परि दुईवटै खुट्टा गुमाएर पनि कृतिम खुट्टाको साहरा लिएर सन २०१० बाट दौडमा भाग लिई १०० मिटर र २०० मिटरको दौडहरुबाट अहिले सम्ममा ४ स्वर्ण, २ रजत र १ कास्य पदकहरु जिति सकेको र यस वर्ष विश्वमा चौथो र बेलायतमा उनि शिर्षस्थानमा रहनु भएको कुशल लिम्बुलाई उच्च कदर गर्दै सम्मान–पत्र प्रदान आयोजक संस्थाले प्रदान गर्यो ।
सम्मान कार्यक्रम पश्चात सम्पुर्ण संस्थाको प्रतिनिधि गर्दै जनजाती महासंघ युकेका अध्यक्ष श्रीप्रसाद लिम्बुले मिस नेपाल वल्र्ड २०१४ को बारेमा बोल्दै शुभकामना ब्यक्त गर्नुभयो । किरात धर्मका अध्यक्ष राम कुमार सिंथेबेले किरात सत्यहाङ विधिले मिस सुबिन लिम्बु लगायत उपस्थित सबैलाई आशिर्वाद दिनु भएको थियो ।
मिस सुबिन लिम्बुले आफ्नो मन्तब्यमा बोल्दै शिक्षाको विकाश, आफ्नो मौलिक संस्कार संस्कृतिलाई पनि उत्तिकै प्राथमिकता दिनुपर्ने र ‘व्युटि वीथ प्रपोज’ लाई आधिकारिक रुपमा शिक्षा क्षेत्र विषेशत ग्रामिण क्षेत्रका विद्यार्थीहरुलाई सहयोग हुने कार्यलाई अघि लाने प्रतिवद्दता पनि जाहेर गर्नुभयो ।
कार्यक्रमको अन्त्यमा कार्यक्रमका सभापति आयोजक तेह्रथुम समाज बेलायतको अध्यक्ष छत्रसिङ तेयुङले कार्यक्रमको औचित्यलाई प्रकाश पार्दै मिस नेपालको सम्मान भब्यरुपले सम्पन्न भएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल बनाउँन सहयोग गरेको भन्दै सबैलाई धन्यवाद दिनुभयो ।














प्रतिक्रिया