विजय थापा
डिसी । वाशिंगटन डिसी महानगर क्षेत्रमा धर्म र संस्कृतिको रक्षा गर्ने मूल नाराको साथ स्थापना भएको डिसी नेपाली समाजले नेपाली समुदायका बालबालिकाहरुका लागि भाषा कक्षा शुभारम्भ गरेको छ ।
भाषालाई समेत प्राथमिकता दिदै धर्म ,संस्कृति र भाषालाई मुख्य नारामा जोडेको बताईएको छ । उक्त कार्यक्रम सरस्वती बन्दना, राष्ट्रिय गीत तथा नेपालको चिनारी गराउने श्रब्य दृश्यको साथै बिभिन्न शैक्षिक दृश्यहरु देखाई समुद्घाटन गरिएको थियो । 
कार्यक्रमको समुद्घाटन नेपाली दुतावासका उप नियोग प्रमुख नारायण प्रसाद मैनालीले पानसमा बत्ति बाल्दै संचार माध्यमको उपकरणको सहयोगले श्रब्य दृश्य देखाउदै उद्घाटन गर्नु भएको थियो ।
संस्थाको तर्फबाट राम मिश्र, शोभा पोखरेल, अभिभावकको तर्फबाट कमल भट्टराई तथा संस्थाका संरक्षक प्रदिप मिश्रले क्रमस शुभ कामना दिएका थिए ।

भाषा कक्षा संचालन सुरुको सुरुको दिन नेपाली भाषा सिक्ने बिद्यार्थीहरुको संख्या उल्लेखनीय रहेको थियो भने भाषा कक्षा संचालन गर्न संस्था कै अभिभावकहरुले पालै पालो स्वयम् सेवक रुपमा पढाउने भएका छन् ।
हरेक आईतबार बिहान १० बजे देखि १२ बजे सम्म पढाईने भएको छ भने कार्यक्रमका अतिथि नारायण प्रसाद मैनालीले नेपाल सरकार तथा दुतावासको तर्फबाट पनि शैक्षिक सामग्री उपलब्ध गराउने पहल गर्ने बचन बद्धता दिदैँ विदेशमा दोश्रो पुस्तालाई नेपाली भाषा सिकाउनु अपरिहार्यता भएको बताउदै डिसी नेपाली समाजलाई धन्यबाद दिए । 
नेपाली भाषा कक्षाको नेतृत्व संस्थाका क्रियाशील पदाधिकारी दधिराम ढुंगानाले लिएका छन् । कार्यक्रममा संस्थाका सचिब कमल पोखरेलले ‘हामी हाम्रो नारा प्रति बफादार छौ’ भन्ने अभिव्य्िक्त दिए ।
संस्थाका सभापति अरुण रुपाखेतीले समुदायको समर्थन पाए राम्रोसँग पाठशाला चलाउन सकिने कुरामा कुनै दुई मत नभएको बताए ।














प्रतिक्रिया