१ कार्तिक २०८३, शनिबार

फेसबुकमा लेख्दा सशस्त्र प्रहरीका डिएसपी निलम्बित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal Armd Policeकाठमाडौं, १४ पुस । सुरक्षा निकायमा कार्यरत हुनुहुन्छ र फेसबुक–ट्विटरजस्ता सामाजिक सञ्जालमा सक्रिय हुनुहुन्छ भने सजग हुनुहोला ।

सामाजिक सञ्जालमा आफ्नो विचार राख्दा तपाईंको करिअरमा ठूलो धक्का लाग्न सक्छ ।

फेसबुक प्रयोगमै सतर्कता नअपनाउँदा सशस्त्र प्रहरी बलका एक डिएसपी निलम्बनमा परेका छन् ।

आइजिपीको कामको आलोचना गरेर फेसबुकमा कमेन्ट लेखेको आरोपमा सशस्त्रका डिएसपी नानीराम हुमागाईंलाई मुख्यालयले निलम्बन गरी कारबाही प्रक्रिया अघि बढाएको हो ।

फेसबुकमा लेखेकै आधारमा निलम्बन गर्नु अन्याय भएको भन्दै हुमागाईंले रिट हालेपछि अदालतले निलम्बन नगर्न आदेश दिएको छ ।

सशस्त्र प्रहरी मुख्यालयले डिआइजीको नेतृत्वमा समिति बनाएर छानविन थालेको समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ । डिआइजी दिवाकर केसीको

संयोजकत्वमा छानबिन समिति बनेकोमा केसी तालिमका लागि चीन गएपछि नयाँ संयोजक बनाएर छानबिन गर्न थालिएको छ ।