२९ आश्विन २०८३, बिहिबार

एक दिनमा कति पानी पिउनु आवश्यक ?

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी । हाम्रो शरीरमा करिव ६० प्रतिशत पानी हुन्छ । जुन पसिना तथा पिसावबाट लगातार घटिरहेको हुन्छ । शरीरमा घटेको पानीको मात्रा परिपूर्ति गर्न दिनमा कति पानी पिउनुपर्छ त ?

चिकित्सकहरुका अनुुसार दिनमा ८ गिलास अर्थात करिव २ लिटर पानी भन्दा बढि पानी पिउन आवश्यक छ । तर केही चिकित्सकहरुले भने हाम्रो शरीरबाट लगातार पानी निश्कासन भइरहने भएकाले हामीले तिर्खा नलागेको बेलामा पनि पानी पिइरहनुपर्ने सुझाव दिन्छन् ।

तर दिन कति पानी पिउने भन्ने कुरा भने व्यक्तिको शरीर अनुसार फरक पर्छ । यो शरीको भित्री तथा बाहिरी कुरामा निर्भर रहन्छ । विशेषगरी तिर्खाएको समयमा त पानी पिउन पर्‍यो नै तर तिर्खा नलागेको समयमा थोरै थोरै पानी पिउँदा शरीरलाई फाइदा गर्छ ।

विभिन्न अनुसन्धानहरुका अनुसार दिनभर हामीले पानी नपिएमा शरीरको शक्तिमा ह्रास आउँछ र मष्तिस्कले राम्रोसँग आफ्नो काम गर्न सक्दैन । महिलाहरुमा गरिएको एक अध्ययनले शारीरिक व्यायाम पछि १ दशमलव ३६ प्रतिशतको दरले शरीरको तरल पदार्थ घट्दा मुड र ध्यानमा असर पर्ने दखाएको छ । यसबाट टाउको दुख्ने समस्यासमेत देखा पर्छ । शरीरबाट १ प्रतिशत मात्रै पनि तरल पदार्थको कमि आउनु भनेको धेरै हो । यो प्रायः ज्यादा पसिना आएको बेलामा हुुन्छ ।

पर्याप्त मात्रामा पानी पिउनाले विभिन्न रोगबाट समेत बच्न सकिन्छ । पर्याप्त पानी पिउँदा क्यान्सर, मृगौलाको पत्थरी, सुख्खा छाला जस्ता स्वास्थ्य समस्याहरुको जोखिम कम हुने विभिन्न अध्ययनले देखाएका छन् ।