२२ कार्तिक २०८३, आइतबार

१ नम्बर प्रदेशको प्रदेश सभामा दुई विधेयक प्रस्तुत

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, २१ वैशाख । १ नं प्रदेशको प्रदेश सभाको शुक्रबारको वैठकमा दुईवटा विधेयक टेबुल गरिएको छ ।

आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले ‘प्रशासकीय नियमित गर्ने विधेयक–२०७५’ र ‘मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार तथा सेवा अन्य शर्तसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक–२०७५’ टेबुल गर्नुभयो ।

प्रदेश सभाको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्वोले आगामी आर्थिक वर्षका लागि बजेटको तयारीमा जुटेको जानकारी गराउनुभयो ।

आगामी बजेट सरकारले कुन जगमा टेकेर ल्याउने विषयमा अहिले अन्योल रहेको भन्दै उहाँले संघीय सरकारले विषयगत मन्त्रालयका तल्लो तहका सरकारी संयन्त्र हस्तान्तरण नगर्दा प्रदेश सरकारलाई काम गर्न कठिनाइ भइरहेको जानकारी गराउनुभयो । उहाँले चालु आवका लागि प्रस्तुत गरिएका बजेट कार्यान्वयनमा चुनौती रहेको बताउनुभयो । –रासस