
झापा, २१ बैशाख । झापा जिल्लाको भद्रपुर नगरपालिका ४ बाट सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा कार्यालय झापाबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले विभिन्न किसिमको लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा विर्तामोड नगरपालिका ३ बस्ने २४ वर्षिय अनिल कार्की र बुद्धशान्ति गाउँपालिका ५ बस्ने २१ वर्षिय लोसन बर्देवा रहेका छन् ।
मे ९ प. ४२४८ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई शंका लागि जाँच गर्दा उनीहरुको साथमा नाईट्रोजन ट्याब्लेट २ सय ९८ वटा र कोरेक्स ४ बोतल फेला परेपछि पक्राउ गरिएको हो ।
पक्राउ परेका उनीहरुलाई एपीएफ टोलीले बरामद लागूऔषध तथा मोटरसाइकलसहितै आवश्यक कारवाहीको लागि वडा प्रहरी कार्यालय भद्रपुरमा बुझाएको छ ।












प्रतिक्रिया