२२ कार्तिक २०८३, आइतबार

धौलागिरी बस समितिका महासचिव ख्याम लामिछाने पक्राउ

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २१ बैशाख । सिण्डिकेटको पक्षमा आन्दोलन गर्ने यातायात व्यवसायी समितिका पदाधिकारीलाई पक्राउ गर्न गृहमन्त्री रामबहादुर थापाले निर्देशन दिएलगत्तै देशभर यस्ता व्यवसायी पक्राउ पर्न थालेका छन् ।

यसैक्रमा धौलागिरी यातायात बस ब्यबसायी सञ्चालक समितिका महासचिव ख्याम लामिछानेलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनलाई पर्वतको कुस्माबजारबाट पक्राउ गरिएको हो ।

मन्त्रालयको निर्देशन अनुसार लामिछानेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी दिलिप घिमिरेले जानकारी दिए । धौलागिरी अञ्चल यातयात बस ब्याबसायी समिति अन्र्तगत ४ सय गाडी सञ्चालित छन ।

यसअघि आजै यातयात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला लगायत देशभरबाट एक सय भन्दा धेरै यातायात व्यवसायी पक्राउ परिसकेका छन् ।