३ कार्तिक २०८३, मंगलबार

सुन तस्करी प्रकरण : मृतक सानु वनका छोरा भन्छन्– बुवा त्रासमा हुनुहुन्थ्यो, परिवारकै जीवन खतरामा थियो

3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ वैशाख । साढे ३३ किलो तस्करीको सुनमा संलग्नता देखिएपछि आत्महत्या गरेका विमानस्थल कर्मचारी सानु वन मृत्यु हुनुभन्दा एक हप्ता अघिदेखि विदामा बसेको बयानका क्रममा उनका छोराले बताएका छन् ।

गृह मन्त्रालयको विशेष छानविन टोलीलाई उपलव्ध विवरणमा सानुका छोरा पवन वनले भनेका छन्,‘बुवा घर बस्दा परिवारकै जीवन खतरामा रहेको भन्ने भयमा हुनुहुन्थ्यो ।’

सुन तस्करी प्रकरण र सनम शाक्य हत्याका अभियुक्तहरू लाक्पा शेर्पा, गोपालकुमार श्रेष्ठ घरमै लिन आउने गरेका थिए । ‘अफिस नगई घर बस्न थालेपछि हामीले सोध्दा लाक्पा शेर्पाले कुटपिट गरेको पनि भन्नु भएको थियो ।’

‘फोन गर्दा हत्तपत्त उठाउनु हुन्न थियो र ४÷५ घण्टा पछि आउने गर्नुहुन्थ्यो । हाम्रो २ वटा घरहरू मध्ये बुवा कहिले कोटेश्वर कहिले नयाँ बस्तीमा बस्ने गर्नुहुन्थ्यो, उहाँलाई थाई एयरवेजका कर्मचारिहरूले फसाएको हुन सक्छ’, बयानमा पवनले भनेका छन् ।

उनले अगाडी भनेका छन्,‘बुबाले साथीहरूलाइ ठुलो रकम तिर्नुपर्ने र बुवाको साथीहरूले बुवाबाट बीस लाख रुपैंया लगेको कुरा दाईले बुवाको मृत्युपछि बताउनु भएको छ ।’

सानु वनलाई बिभिन्न ठाउमा लगेर निरन्तर रुपमा यातना दिने क्रममा मिति २२ माघ २०७४ मा ट्याङकरले किची मृत्यु भएको थियो । उनले सनम शाक्यको हत्याका विषयमा बुवाबाट केही नखुलेको पनि बताएका छन् ।

सानु बनको मृत्यु विमानस्थलमा एआर २७ नं. को फ्युल बोक्ने ट्यांकरले किचेर भएको थियो ।