३ कार्तिक २०८३, मंगलबार

एमाले नेतृद्वारा आत्महत्याको प्रयास, किन भयो यस्तो घटना ?

8.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ वैशाख । स्याङ्जा पुतलीबजार नगरपालिकाकी मेयर सीमाकुमारी क्षेत्रीले आत्महत्याको प्रयास गरेकी छिन् । बिहीबार अपरान्ह चार बजे पोखराको फेवातालमा क्षेत्रीले हाम फालेर आत्महत्याको प्रयास गरेकी हुन् ।

उपमेयर क्षेत्रीले आफू चढ्ने गाडी फेवाताल किनारमा राखेर फेवा तालमा हाम फालेको प्रहरीले जनाएको छ । फेवा तालमा हाम फालेकी उपमेयर क्षेत्रीलाई नजिकै रहेका एक व्यक्तिले बचाएका थिए ।

क्षेत्रीले स्थानीय तहको निर्वाचनमा एमालेबाट उम्मेदवार बनेर विजयी हासिल गरेकी थिइन् । सो घटनाप्रति एमाले स्याङजाले चिन्ता जनाएको छ ।

उपमेयर क्षेत्रीले डिप्रेसनको उपचार गराउँदै आएको आफन्तले जनाएका छन् । दुई हप्ता अगाडि उनले काठमाडौंमा डिप्रेसनको उपचार गराएकी थिइन् । स्रोतका अनुसार उपमेयर क्षेत्रीले डिप्रेसनको औषधि सेवन गर्दै आएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीले उपमेयर क्षेत्रीले फेवा तालमा हामफालेका विषयमा अनुसन्धान सुरु गरिएको जनाएको छ । कास्कीका प्रहरी प्रमुख एसपी अशोक सिंहले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।