२९ आश्विन २०८३, बिहिबार

ढाड दुख्ने तथा नसा च्यापिएको रोगको रोकथाम कसरी गर्ने ? यस्तो छ डाक्टरको सुझाव

5.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– डा. यञ्जन गैह्रे

मेरुदण्ड ३३ वटा अलग–अलग हड्डीहरुको दण्डाकार संरचना हो । यी हड्डीहरुलाई आपसमा ईन्टर–भर्टिब्रल डिक्स नामक लचकदार संरचनाले छुट्याएको हुन्छ भने लिगामेन्टले अलग अलग हड्डी तथा डिक्सहरूलाई बाधेर एउटै लम्ववद्ध दण्ड बनाएर राख्दछ ।

मेरुदण्डमा टाँसिएका मांशपेशीहरुले ढाडलाई मोड्न तथा चलाउनलाई सहयोग गर्दछ । यि ढाडका हड्डीहरुमा स्पाइनल क्यानल नामक लम्ववद्ध प्वाल हुन्छ जसबाट स्पाइनल–कर्ड नामक मुख्य स्नायू नसा गुज्रिएको हुन्छ र हरेक हड्डीको दाया–बाया स्पाइनल फोरामिन नामक प्वालहुदै स्पाइनल–कर्ड बाट स्पाइनल नर्भहरू (साना स्नायू नसा ) निस्किएका हुन्छन् । यि नसाहरु ढाडको स्पाइनल–कर्डबाट शुरु भएर शरीरका विभिन्न भागसम्म पुग्छन् ।

यिनै नसाहरु च्यापिएमा अनेक समस्या उत्पन्न हुन्छ । नसा च्यापिने समस्या छुट्टै रोग नभई हाड–जोर्नीका कारण उत्पन्न लक्षण मात्र हो । तर नसामा आइपर्ने समस्यामध्ये कम्मरको नसा थिचिने रोग सामान्यदेखि अति नै पीडादायक हुने प्राकृतिक स्वास्थ्य अस्पताल र वेलनेस अस्पतालका विशेषज्ञ डाक्टर यञ्जन गैह्रेले बताए ।

ढाड कम्मर दुख्ने कारण
१. गलत तरिकाले चिजबिजहरु उचाल्नु

२. एक्कासी गरीने कडा व्यायाम

३. अप्ठ्यारो सिरानी र सुत्दाको पोजिसन

४. आकस्मिक दुर्घटनाहरु जस्तैः उचाईबाट खस्नु, खेलकुदमा हुने दुर्घटना, सवारी दुर्घटना आदी

५ उभिँदा वा बस्दाको अप्ठ्यारो पोजिसन

६ कडा सोल भएको र अग्लो हिल भएको जुत्ता लगाएर लामो समयसम्म उभिँदा

७ लामो समयसम्म कुप्री परिरहनु

८ धेरै गह्रौँ वस्तुहरु उचाल्नु

९ गर्भवती अवस्था

१० विभिन्न रोगव्याधि र उमेरले ल्याउने शारिरीक परिवर्तन ।

कसरी रोकथाम गर्ने ?
१. सामान्य व्यायाम – शरिर तन्काउने हिँड्ने आदि

२. क्याल्सियम र भिटामिन ‘डी’ युक्त खानेकुरा खाने

३. पानीको प्रशस्त सेवन गर्ने किनकी मेरुदण्डको हाडको बिचमा हुने ‘डिस्क’ मा ७० प्रतिशत पानी हुन्छ

४. धेरै कमलो बिछ्यौनामा नसुत्ने

५. ढाडलाई सधैँ सिधा राख्ने प्रयास गर्ने ।

६. उकाली ओराली गर्दा सिढि चढदा सावधानीपूर्वक विस्तारै हिड्ने ।

७. ड्राइभिङ सिटमा अथवा कुर्सीमा वस्दा ‘ब्याक रेष्टको प्रयोग गर्ने ।

८. खोक्दा वा हाच्छ्यिु गर्दा भित्ता वा टेवुलको साहायता लिने ।

९. शरीरको तौललाई आफ्नो उचाइ अनुसार नियन्त्रणमा राख्ने । विशेषत पेटलाई बढ्न नदिने यसले ढाडमा अतिरित्त दवाव दिन्छ ।

१०. कम्मर वा गर्दन दुख्ने समस्य भएकाहरुले मोटरसाइकल नचउने । हिड्दा ढाडको बेल्ट वा घाँटीको कलर लगाउने ।

ध्यान दिनुपर्ने कुराहरु

कतिपय नसा च्यापिने समस्यामा शल्यक्रिया आवश्यक पर्छ भनिएको हुन्छ, जुन जोखिमपूर्ण नै रहेको हुन्छ । तर योग तथा प्राकृतिक चिकित्साको वैकल्पिक उपचार प्रयोग गरी अप्रेसनविना नसा च्यापिएको निको गर्न सकिन्छ ।

चिकित्सकलाई देखाउने र आफ्नो रोगको निदान गराई सतर्क हुन आवश्यक छ । दुःखाइ र नसामा सुन्निएको वा चोट लागेको कम गर्न चिकित्सकको निर्देशनमा प्राकृतिक चिकित्सा विधिहरुको प्रयोग गर्न सकिन्छ ।

डा. गैह्रे प्राकृतिक स्वास्थ्य अस्पताल र वेलनेस अस्पतालका विशेषज्ञ हुन् ।