२९ आश्विन २०८३, बिहिबार

धेरै चिसो पानी पिउनु स्वास्थ्यका लागि हुुन सक्छ यतिसम्म हानीकारण

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी । अब बिस्तारै गर्मी लाग्न शुरु हुन थालेको छ । गर्मीमा हामी सबैलाई फ्रिजको चिसो पानी पिउन मन लाग्छ । तिर्खा लागेको बेलामा चिसो पानी पिउन कसलाई मन पर्दैन र ? तर धेरै चिसो पानी पिउनु भने शरीरका लागि निकै हानीकारण हुन सक्छ । फ्रिजमा राखिएको धेरै चिसो पानी पिउँदा त्यसले शरीरलाई फाइदा भन्दा बेफाइदा बढी गर्छ ।

यस्ता छन् धेरै चिसो पानी पिउनुका हानीः

१. फ्रिजमा राखेको चिसो पानी पिउनाले मुटुमा प्रत्यक्ष असर गर्छ । यसले स्नायुतन्तुलाई उत्तेजित गराइदिन्छ र मुटुको गति कम हुने गर्छ । यसबाट मुुटुको भल्भ खराब हुने समस्या समेत देखिन सक्छ ।

२. धेरै चिसो पानीका कारण रक्तनलीहरु खुम्चिन्छन् जसले शरीरको पाचन प्रक्रियामा असर पार्छ । खाना राम्रोसँग नपच्दा आवश्यक मात्रामा शरीरलाई पोषक तत्व प्राप्त हुन सक्दैन ।

३. धेरै चिसो पानी पिउँदा शरीरमा अनावश्यक रुपमा उर्जा खर्च हुन्छ ।

४. धेरै चिसो पानी पिउनाले घाँटीमा असर गर्छ । यसले घाँटीका मांशपेशी तथा कोशिकाहरुमा असर पर्नुका साथै संक्रमणको खतरा हुन्छ ।