लहान, १३ पुस । लागुपदार्थ गाँजासहित सिरहाको लहानबाट गए राति प्रहरीले एक युवकलाई सय किलो बढी गाँजासहित पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलको नेतृत्वमा खटिएको टोलीले लहान नगरपालिका–४ बाट ११० किलो गाँजासहित सिरहा नहरा रिगौल–३ निवासी २५ वर्षीय पवनकुमार भगतलाई स्थानीय बलान खोलाबाट छ बोरामा गाँजा राखिरहेका अवस्थामा पक्राउ गरेको हो ।
अँध्याराको मौका छोपी अन्य गाँजा तस्कर भने भाग्न सफल भएको र उनीहरूको खोजी भइरहेको फुयाँलले बताउनुभयो ।















प्रतिक्रिया