२९ आश्विन २०८३, बिहिबार

डा. भगवान कोइराला भन्छन्, ‘९८ प्रतिशत हृदयाघातको कारण धूमपान’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dr.Bhagwan-Koirala

बुटवल, १२ पुस । वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइरालाले खराब जीवनशैलीका कारण युवावस्थामा हृदयाघात हुने क्रम बढेको बताउनुभएको छ ।

बुटवलमा विगत दुई वर्षदेखि सञ्चालित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको दोस्रो स्थापना दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा उहाँले युवावस्थामा हुने ९८ प्रतिशत हृदयाघातको कारण धूमपान भएको बताउनुभयो ।

उहाँले सरकारी क्षेत्रबाट राजधानी बाहिर विशेषज्ञसहितको स्वास्थ्यसेवा प्रदान गर्न नसकिरहेको अवस्थामा समुदायको तहबाट सञ्चालित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले यस क्षेत्रका मुटुका बिरामीलाई सेवा प्रदान गर्नु उदाहरणीय कार्य भएको बताउनुभयो ।

अस्पतालका अध्यक्ष एजाज आलमले अस्पतालमा आउने बिरामीलाई पैसा नभएका कारण मर्न नदिने प्रतिबद्धता व्यक्त गर्दै एक वर्षको अवधिमा अस्पतालले १० हजारभन्दा बढी बिरामीलाई विशेषज्ञसहितको सेवा प्रदान गरेको जानकारी दिनुभयो ।