७ कार्तिक २०८३, शनिबार

काँग्रेस र एमाले ०४७ सालको संविधान फर्काउन लागि परेका छन्ः राई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ashok-Raiकाठमाडौँ, १२  पुस । संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राईले सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमालेको मुलुकलाई २०४७ सालतिर फर्काउने दुस्साहस गरिरहेको आरोप लगाउनु भएको छ ।

संघीय साँस्कृतिक महासंघले  शनिबार महाराजगञ्जमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले ती दलको प्रतिगामी सोचकै कारण मुलुकको राजनीति अन्योलमा परेको बताउनुभयो ।

उहाँले ती दलले १२ बुँदे सम्झौता, मधेसी, आदिवासी जनजाति र अन्य आन्दोलनकारी पक्षसँग भएको राज्यको सम्झौतालाई इमान्दारितापूर्वक पालना गर्न नचाहेको समेत आरोप लगाउनुभयो ।

राईले काँग्रेस र एमालेले पहिचानविरुद्ध षडयन्त्र गरिरहेका भन्दै त्यसको प्रतिरोधका लागि कडा संघर्ष आवश्यक भएको जिकिर गर्नुभयो ।