३० आश्विन २०८३, शुक्रबार

जनता खेताला होइन जातिबेला बोलायो त्यतिबेला आन्दोलनमा आउनेः मन्त्री पाण्डे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mahendra-pandeyनुवाकोट, १२ पुस । परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले खेताला शैलीमा बोलाउँदैमा पटक/पटकको आन्दोलनमा नेपाली जनता नआउने दावी गर्नुभएको छ ।

शनिबार गृह जिल्ला नुवाकोटको त्रिशूलीमा गरेको पत्रकार सम्मेलनमा उहाँले एमाओवादीप्रति लक्षित गर्दै यस्तो अभिव्यक्ति दिनुभएको हो ।

उहाँले जसरी पनि निर्धारित मितिमा संविधान जारी हुने भन्दै एमाओवादीलाई सहमतिमा आउन आग्रह समेत गर्नुभयो ।

‘सहमतिबाट पछि हटेर आन्दोलनको धम्की दिनुको कुनै अर्थ छैन,’ उहाँले भन्नुभयो, ‘धम्की र घुर्कीको राजनीतिले समस्या समाधान हुँदैन बरु बल्झिन्छ ।’