काठमाडौँ, १२ पुस । नेकपा–माओवादीको शुक्रबारदेखि राजधानीमा सुरु प्रमथ राष्ट्रिय भेलाको समूहगत छलफल शनिबारबाट सुरु भएको छ ।
पार्टी अध्यक्ष मोहन वैद्यले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल सुरु भएको भेलामा सहभागी नेताहरुले जानकारी दिएका छन् ।
१८ वटा समूह विभाजन गरी सुरु गरिएको छलफल दिउँसोसम्म जारी रहने अनुमान गरिएको छ ।
अध्यक्ष वैद्यले आफ्नो प्रतिवेदनमा संविधानसभा विघटन गरी राजनीतिक सभामार्फत संविधान जारी गर्नका लागि दवावमुलक आन्दोलन गर्ने, एक वर्षभित्र पार्टीको महाधिवेशन आयोजना गर्ने, नयाँ संविधानको खाका सम्बन्धमा पार्टीको धारणा स्पष्ट गर्नेलगायतका कुरा उल्लेख गर्नुभएको छ ।
त्यसैगरी राजनीतिक प्रतिवेदनमा वैद्यले विप्लव समुह माक्र्सवादको खास्टो ओढेर मार्क्सवादलाई नै सिध्याउन लागेको आसयसमेत प्रस्तुत गरेका छन् । उनले विप्लव रुपमा वामपन्थी, सारमा दक्षिणपन्थी भएको समेत आरोप लगाएका छन् ।















प्रतिक्रिया