७ कार्तिक २०८३, शनिबार

संघीयताको गाँठो छिट्टै फुकाएर समयमा संविधान जारी गर्ने प्रचण्डको उद्घोष

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

parchandaकाठमाडौँ, १२ पुस । एमाओवादी अध्यक्ष प्रचण्डले माघ ८ मै भित्रै संविधान जारी गर्न दलहरुबीच प्रयास भइरहेको बताउनु भएको छ ।

शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड) ले निर्धारित समयमा संविधान जारी गर्न दबाब दिने उद्देश्यले उहाँको निवासमा शनिवार बुझाएको ज्ञापनपत्र बुझ्दै प्रचण्डले यस्तो बताउनु भएको हो ।

उहाँले संविधान निर्माणका सन्र्दभमा सकारात्मक छलफल भइरहेको भन्दै संघीयताको मुलभूत विषयमा पनि दलहरुबीच सहमति जुटाउन अधिकतम प्रयास भैरहेको जानकारी दिनुभयो ।

ज्ञापनपत्र बुझाउन नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर अन्जनीकुमार झालगायतको टोली प्रचण्ड निवास पुगेको थियो ।

पापडले यसअघि नै प्रधानमन्त्री सुशील कोइराला, संविधान सभाका अध्यक्ष सुवास नेम्वाङ लगायतलाई ज्ञापनपत्र बुझाई सकेको छ । समयमा संविधान जारी गराउँन दववा दिने उद्देश्यले सबै दलका प्रमुख नेताहरुलाई ज्ञापनपत्र बुझाउने पापडले जानकारी दिएको छ ।

अध्यक्ष प्रचण्डले शनिबार नै उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुसँग पनि भेटवार्ता गर्नुभयो। भेटवार्तामा उद्योगी व्यवसायीहरुले बन्द हड्ताल जस्ता गतिविधि रोकी उद्योग कलकारखाना निर्वाध सञ्चालनको वातावरण तयार पार्न आग्रह गरेका थिए ।