७ कार्तिक २०८३, शनिबार

चिनियाँ विदेशमन्त्री वाङ आज बंगलादेश जाँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Chinese-Foreign-Minister_20141226094842काठमाडौँ, १२ पुस । चिनियाँ विदेशमन्त्री वाङ यी आफ्नो तीन दिने नेपाल भ्रमण  पूरा गरी शनिबार बंगलादेशतर्फ जाँदै हुनुहुन्छ ।

उहाँले तीन दिने नेपाल बसाईका क्रममा नेपालका राष्ट्रपति, प्रधानमन्त्रीलगायत विभिन्न दलका नेतासँग द्विपक्षीय मामलामा भेटवार्ता गर्नुभएको थियो ।

भेटका क्रममा चीनले नेपाललाई १३ अर्ब रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने सहमति गरेको थियो ।

चीनको सहयोग कृषि, व्यापार, भौतिक पूर्वाधार निर्माण, उर्जा, सुरक्षा तथा कानून कार्यान्वयन, मानवीय संशाधन विकासलगायत नौं वटा क्षेत्रमा उपयोग गरिने छ ।