२९ आश्विन २०८३, बिहिबार

मुख गनाउने समस्या छ भने यसो गर्नुस्

2.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मुख गनाउने समस्या छ भने औषधिको रूपमा सुकमेललाई प्रयोग गर्न सकिन्छ । खाना खाइसकेपछि एउटा गेडा सुकमेल मुखमा च्याप्ने बानीले मुख गनाउने समस्याबाट बिस्तारै मुक्ति पाउन सकिन्छ ।

खाना खाइसकेपछि धनियाँको पात चपाउने बानीले पनि यस्तो समस्याबाट मुक्ति पाउन सकिन्छ । धनियाँले सासलाई फ्रेस बनाउनुका साथै दुर्गन्ध हटाउने काम गर्छ ।

ल्वाङलाई सर्दी भगाउने उपायका रूपमा धेरैले लिने गर्छन् । तर, यसको प्रयोगले सासलाई स्वच्छ र सुगन्धित पार्न पनि मद्दत गर्दछ ।

प्राकृतिक रूपमा सास गनाउने समस्याबाट टाढा रहन पुदिनाको प्रयोग गर्न सकिन्छ । पुदिनाको पातलाई प्राकृतिक माउथ फ्रेसनरको रूपमै लिने गरिन्छ । तर, यसको नियमित प्रयोग आवश्यक छ ।