७ कार्तिक २०८३, शनिबार

निजामती अस्पताललाई २० करोड बराबरको चिकित्सासम्बन्धी चिनियाँ उपकरण हस्तान्तरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

civil-hospitalकाठमाडौँ, ११ पुस । चीन सरकारले निजामती अस्पतालका लागि सहयोगस्वरुप रु २० करोड बराबरको चिकित्सासम्बन्धी उपकरण हस्तान्तरण गरेको छ ।

चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणको अवसर पारेर शुक्रबार अस्पताल परिसरमा आयोजित विशेष समारोहमा हस्तान्तरण गरिएका उपकरणमा एमआरआई, सिटिस्क्यानिङ, एक्सरेललगायत २६ प्रकार रहेको अस्पतालका निर्देशक डा विमलकुमार थापाले जानकारी दिनुभयो ।

नेपाल–चीनबीच सन् २०१२ मा भएको सहमतिका आधारमा सो सहयोग उपलब्ध गराइएको हो । सामान्य प्रशासनमन्त्री लाललबाबु पण्डित र चिनियाँ विदेशमन्त्री वाङको समुपस्थितिमा सामान्य प्रशासन मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्याय र नेपालका लागि चिनियाँ राजदूत उ चुन्ताईले सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

विसं २०६५ चैत १६ गतेदेखि सञ्चालनमा आएको सो अस्पतालले २०६६ माघ ७ गतेदेखि पूर्ण रुपमा सेवा सञ्चालन गरेको थियो । दैनिक ८००  बिरामीलाई सेवा प्रदान गर्दै आएको उक्त अस्पताल १३२ शय्याको छ । चीन सरकारको सहयोगमा रु ६५ करोडको लागतमा सो भवन निर्माण गरिएको थियो ।

सामान्य प्रशासन मन्त्रालय मातहतमा रहेको उक्त अस्पतालले निजामती कर्मचारीका लागि आधा शुल्कमा सेवा दिइरहेको छ । सो अस्पताललाई विस्तार गरी ५०० शय्यासम्मको पु¥याउन नेपाल सरकारले चिनियाँ पक्षसँग कुराकानी गरिरहेको बुझिएको छ ।