७ कार्तिक २०८३, शनिबार

ट्रकको ठक्करबाट फेरि दुई जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

परासी, ११ पुस । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको अरुणखोला जङ्गलमा गएराति भएको सवारी दुर्घटनामा दुई जनाको मृत्युभएको छ  ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना३२प ३३२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना२ख ८४२५ नम्बरको ट्रक एकआपसमा ठक्कर खाँदा सो दुर्घटना भएको हो ।

दुर्घटनामा परी मोटरसाइलक चालक नवलपरासी नयाँबेलाहानी–८ का भूपा कोइरालाको घटनास्थलमै र सोही स्थानका प्रेम कोइरालाको उपचारका क्रममा चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय नवलपरासीले जानकारी दिएको छ ।